ला लिगामा जितकाे खाेजी गर्दै आज बार्सिलाेना लेभान्टेसँग भिड्दै

एजेन्सी । स्पेनिस लालिगामा आज लेभान्टेले बार्सिलोनाको सामना गर्दैछ । बार्सिलोनाको घरेलु मैदानमा हुने खेलमा बार्सिलोना सहज जित निकाल्दै अंक तालिकामा आफुलाई अघि बढाउने सोचमा हुनेछ।

लगातार फितलो प्रदर्शन गरिरहेको बार्सिलोना आजको खेलमा भने जित निकाल्ने सोचमा मैदान उत्रिने छ । १० खेलमा १४ अंक सहित ९ औं स्थानमा रहेको बार्सिलोना आजको खेलमा जित निकाल्दै आफुलाई अंक तालिकामा अघि बढाउन चाहन्छ।

त्यस्तै ११ खेलमा ११ अंक सहित १८ औं स्थानमा रहेको लेभान्टे आजको खेलमा जित निकाल्दै आफुलाई रेलिगेसनबाट बचाउने सोचमा बार्सिलोनाको घरेलु मैदानमा उत्रिने छ। याे खेल नेपाली समय अनुसार आज राती १:४५ मा सुरु हुनेछ।

त्यस्तै आज नै हुने अर्को खेलमा तालिकाको दोस्रोस्थानमा रहेको रियल सोसिडाडले आइबरको सामना गर्दै छ। खेल नेपाली समय अनुसार बेलुका ६:४५ मा सोसिडाडको घरेलु मैदानमा हुनेछ। सोसिडाडले आजको खेलमा जित निकाल्न सके अंक तालिकामा आफुलाई शीर्ष स्थानमा उकाल्ने छ।

प्रतिक्रिया