सोतोकान भक्तपुरमा श्रेष्ठ

काठमाडौं । नेपाल सोतोकान कराते संघले प्रकाश श्रेष्ठको अध्यक्षतामा भक्तपुर जिल्ला संघ गठन गरेको छ ।

मंसिर २७ गते सांसद महेश बस्नेतको प्रमुख आतिथ्यमा गठन भएको १३ सदस्य समितिमा उपाध्यक्ष दिपमणी सेढाई, सचिव बिनोद नेपाल, सह–सचिव दिपक सापकोटा र कोषाध्यक्षमा समिर बस्नेत रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा रिता साखकर्मी, सर्मिला मगर, सगुन गमाल, नयना बाटी, पञ्च तामाङ, अमन श्रेष्ठ, सुमोद पोखरेल र इड लामा रहेको सोतोकानका केन्द्रिय अध्यक्ष एवंम् मुख्य प्रशिक्षक हेमकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

प्रतिक्रिया