एटलेटिकोमाथि रियल म्याड्रिडको महत्वपूर्ण जित

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले ला लिगामा शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

रियल म्याड्रिडको जितमा कासेमिरोले एक गोल गरे भने एक गोल एटलेटिको म्याड्रिडका जान ओब्लाकले आत्मघाती गोल गरेका थिए । यो जितसँगै रियल म्याड्रिडले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । रियलको १२ खेलमा २३ अंक भएको छ र लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै एटलेटिको म्याड्रिडको भने यस सिजनामा यो पहिलो हार हो । पराजित भएपनि एटलेटिको म्याड्रिडको ११ खेलमा २६ अंक रहेको छ र लिगको शीर्ष स्थानमा कायम रहेको छ ।

प्रतिक्रिया