वाणिज्य उपाध्यक्षमा डल्लाकोटी बने बागी उम्मेदवार, तीन पदमा निर्बिरोध

चितवन । रत्ननगर उद्योग वाणिज्य संघको अधिवेशन रोचक हुने देखिएको छ । आगामी कार्यसमितिको वाणिज्य उपाध्यक्षमा नेकपा निकट २ जना व्यवसायीले उम्मेदवारी दिएपछि चुनाबी माहोल रोचक बनेको हो ।

बाणिज्य उपाध्यक्षमा काङ्ग्रेस निकट व्यवसायीको प्यानलबाट पनि उम्मेदवारी परेको छ । वाणिज्य उपाध्यक्षमा नेकपाबाट भिमनारायण श्रेष्ठको उम्मेदवारी छ भने सोही पदमा नेकपा निकटकै देविप्रसाद डल्लाकोटीले पनि उम्मेदवारी दिएका छन् । श्रेष्ठलाई पार्टीले नै आधिकारिक उम्मेदवार भनेको छ । पहिले सहमति भएअनुसार पार्टीले डल्लाकोटीलाई उद्योग उपाध्यक्षमा उठाउने निर्णय गरेको थियो ।

      देविप्रसाद डल्लाकोटी

उद्योग उपाध्यक्षमा पुरु खनालले उम्मेदवारी दर्ता गराएका छन् । काङ्ग्रेससहित अन्य दल निकटका व्यवसायीको प्यानलबाट वाणिज्य उपाध्यक्षमा कबिन घिमिरेको उम्मेदवारी छ । सो पदमा डल्लाकोटीले पनि उम्मेदवारी दिए पछि दुवै प्यानलका उम्मेदवारलाई सहज रुपमा चुनाव जित्न गाह्रो छ । अडिटर्स पेशामा आवद्ध डल्लाकोटीले दुबै तर्फको मत काट्ने अनुमान धेरैको छ ।

नेकपा निकटबाट वरिष्ठ उपाध्यक्षमा शंकर गिरीको नेतृत्वमा र काङ्ग्रेससहित अन्य दल निकट व्यवसायीको तर्फबाट वरिष्ठ उपाध्यक्षमा देवेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा प्यानलनै बनाएर चुनावमा होमिएका छन् । संघको बस्तुगत उपाध्यक्ष र दुई जना एसोसिएट सदस्य निर्बिरोध भएका छन् ।

बस्तुगत उपाध्यक्षमा देवेन्द्र श्रेष्ठ प्यानलका रघुनाथ भट्ट निर्बिरोध हुदा एसोसिएट सदस्यहरु शंकर गिरी प्यानलका जोगेन्द्र महतो र लोजिक कृष्ण सागर निर्बिरोध भएको निर्वाचन समितिले जनाएको छ । संघको साधारण सभाको उद्घाटन आज पूर्वअर्थ मन्त्री एवं प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले गर्ने संघका बर्तमन अध्यक्ष राजाराम रेग्मीले बताए । मतदान भोलि सोमबार हुनेछ । मतदानमा १३५३ जना ब्यवसायिले मताधिकार प्रयोग गर्नेछन् ।

प्रतिक्रिया