मंसिर २८ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल मंसिर २८ गते । आईतबार । ईश्वी सन् २०२० डिसेम्बर १३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–चतुर्दशी,४३ घडी ३८ पला,रातको १२ बजेर १४ मिनेट उप्रान्त औशी । नक्षत्र– अनुराधा,४७ घडी ४५ पला,रातको ०१ बजेर ५३ मिनेट उप्रान्त ज्येष्ठा । योग–सुकर्मा,०४ घडी ०७ पला,बिहान ०८ बजेर २६ मिनेट उप्रँन्त धृति । करण–भद्रा,दिउसो ०१ बजेर २० मिनेट उप्रान्त शकुनी,रातको १२ बजेर १४ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २५ घडी ५३ पला । बाला–चतुर्दशी। बालाचह्रेपूजा। शिवालय परिसरमा शतबीज छर्ने दिवस।

आजको बार बेला ।
बिहान ०६ बजेर ४७ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ४८ मिनेटदेखी बिहान ८ बजेर ०५ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर ०६ मिनेटदेखी बिहान ९ बजेर २२ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर २३ मिनेटदेखी बिहान १० बजेर ४० मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ४१ मिनेटदेखी बिहान ११ बजेर ५८ मिनेटसम्म काल बेला ।
बिहान ११ बजेर ५९ मिनेटदेखी दिउसो १ बजेर १५ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर १६ मिनेटदेखी दिउसो २ बजेर ३३ मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर ३४ मिनेटदेखी दिउसो ३ बजेर ५१ मिनेटसम्म उद्वेग बेला ।
दिउसो ३ बजेर ५२ मिनेटदेखी बेलुकी ६ बजेर ५१ मिनेटसम्म शुभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०३ बजेर ५० मिनेटदेखी बेलुकी ०५ बजेर ०८ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले काम गर्न अप्ठ्यारोमा महशुष हुनेछ । लेनदेनको कारणले विवाद आउने तथा चुनौतीको सामना गर्नु पर्नेछ । आफन्त तथा दिदि बहिनीबाट सजग रहनुहोला । व्यापारमा मन्दी आउने तथा आर्थिक रूपमा पनि नोक्सानी हुने योग रहेकोछ । न्यून पारिश्रमिकमा दिन व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ । परिवारजनसँग आत्मीयतामा कमी हुनेछ भने प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने योग रहेकोछ । दैनिक उपभोग्य र औषधीजन्य व्यापारबाट प्रशस्त आम्दानी हुनेछ । भौतिक सम्पती र सवारी साधन प्राप्तिको योग रहेकोछ भने यात्रामा निस्कन सकिनेछ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । माया प्रेममा मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक,सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नोकरि तथा राजनीतिमा गरिने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै चाहेको गन्तव्यमा पुग्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गति दिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरु एक अर्कालाई बिस्वास गरी अगाडी बढ्न सक्नेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने समय रहेकोछ । घरगृहस्थीमा आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्नेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । मातापितासँगको सम्बन्धमा समेत दरार आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् भने रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । आर्जित धन सञ्चय गरि दीर्घकालिक प्रयोजनमा उपयोग गर्न सकिनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना बनाई समाधान गर्न सकिनेछ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयको माग अनुशार नचल्नाले दुख पाईनेछ भने आर्थिक कारोबार बिग्रने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । कुटुम्ब तथा आफन्तसँग कुनै कारोबार नगर्नुहोला मनमुटाव सिर्जना हुनेछ । बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला हतारमा निर्णय गर्दा आम्मघाति पनि हुन सक्छ । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपनर्पेछ भने पढाइ लेखाइमा तपाईको उपस्थिती कमजोर रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसाय वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । धार्मिक र सामाजिक काममा मन जाने तथा समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । घरपरिवार तथा आफन्तबाट साथसहयोग प्राप्त हुनेछ । समयले साथ दिने हुनाले राम्रा अवसरहरू प्राप्त हुनेछन् । स्वास्थ्य अनुकूल हुनाले अध्ययन भनेजस्तो प्रगती गर्न सकिनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा रुपैया पैसा लगानि गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने बाध्यता आउनेछ । छर–छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा नाँफा कमाउन तथा लगानी बढाउन केहि समय पर्खर्नु होला । समय अनुकुल नहुनाले केहि राम्रा अवसरहरु त्याग्नु पर्नेछ । उधारोमा व्यापार वा कारोबार नगर्नुहोला । यात्रा गर्दा ध्यान दिनुहोला कष्टपूर्ण नहोला भन्न सकिन्न । गलत व्यक्तिको विश्वास गर्दा धोका हुनेछ । फजुल खर्च बढ्नेछ भने रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पैत्रिक सम्पती तथा सरकारी धन हातलागि हुने योग रहेकोछ । आम्दानिका स्रोतहरु फराकिला हुनुको साथै आयस्रोतका नयाँ बाटाहरु फेला पार्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र पंतिमा आउनेछ । घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुमधुरता बढेर जानेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानि हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइ तथा आफन्तसँग भेटघाट हुने योग रहेकोछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम थोरै समय दिएर फत्ते गर्न सकिनेछ । स्वास्थ्य सबल रहने हुनाले तपाईँबाट राम्रा हुनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिभिन्न अवसर आउने भएपनि अवसरहरुलाई उपयोग गर्न नसक्दा समय भन्दा पछि परिनेछ । काम बिग्रने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले थाति रहनेछन् । कुनै योजना भए केहीदिन गोप्य राख्नुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

 

प्रतिक्रिया