रोकिएन राजावादी आन्दोलन, काठमाडौंमा पुनः प्रदर्शन

काठमाडौं । पछिल्लो समय राजावादी आन्दोलनहरु चकिँदै गइरहेका छन् । यसैबीच शनिबार काठमाडौंमा पनि प्रदर्शन भएको छ ।

ललितपुरमा राष्ट्रवादी देशभक्त समाजको आयोजनामा प्रदर्शन भएको हो । सातदोबाटोबाट शुरु भएको मोटरसाइकल र्याली पाटन दरबार क्षेत्र परिक्रमा गरी ललितपुर महानगरपालिका रहेको क्षेत्र पुगेर कोणसभामा परिणत भएको थियो ।

सहभागीहरुले राजसंस्था र हिन्दू राज्यको पक्ष तथा संघीयता र गणतन्त्रको विरोधमा नारा लेखिएका पम्पलेट बोकेका थिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएर राजावादी चलखेलविरुद्ध एक हुन आह्वान गरेका थिए ।

यता राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने आन्दोलनलाई समर्थन गर्दै आइरहेको छ ।

प्रतिक्रिया