गाेकुल बाँस्कोटा भन्छन्- खेताला खोजेर विरोध गर्न थालियो

काभ्रेपलाञ्चोक । पार्टीभित्र विवाद र एक-अर्काकाे पक्ष-विपक्षमा विराेध चलिरहँदा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सत्तारूढ नेकपा भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको बताएका छन् ।

बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्व. प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलीसभालाई आज सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेको समेत उनले दाबी गरेका छन् ।

श्रद्धाञ्जलीसभामा उनले भने, ‘कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको खेताला खोजेर विरोधमा लगाउने काम शुरु भएको प्रमाणसहित फेला परेका छन् । यसो भएपछि बाहिर एकताको हल्ला चलाएर भित्र विभिजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन ।’

आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभहानीमा पार्टी विभाजन गर्न नहुने उनको तर्क थियो ।

पछिल्लाे समय नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचकाे विवाद साम्य हुन सकिरहेकाे छैन । दाेस्राे पुस्ताका नेताहरू पार्टी विवाद मिलाउन सक्रिय रूपमा लागेपनि दुई अध्यक्षबीच तिक्तता कायमै रहँदा पार्टी फुट्न सक्ने किसिमका आँकलन समेत भइरहेको छन् ।

प्रतिक्रिया