मंसिर २६ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल मंसिर २६ गते । शुक्रबार । ईश्वी सन् २०२० डिसेम्बर ११ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–एकादशी,०१ घडी ०० पला,बिहान ०७ बजेर १० मिनेट उप्रान्त द्वादशी,रातको ०४ बजेर ४८मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– स्वाती,५५घडी ४५ पला,रातको ०५ बजेर ०४ मिनेट उप्रान्त विशाखा । योग– शोभन,१९ घडी ५१ पला,दिउसो ०२ बजेर ०२ मिनेट उप्रँन्त अतिगण्ड । करण–बालव,बिहान ०७ बजेर १० मिनेट उप्रान्त कौलव,बेलुकी ०५ बजेर ५९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २५ घडी ५५ पला । उत्पत्तिका एकादशी व्रत।

आजको बार बेला ।
बिहान ०६ बजेर ४६ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ४७ मिनेटदेखी बिहान ८ बजेर ०४ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ०५ मिनेटदेखी बिहान ९ बजेर २१ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर २२ मिनेटदेखी बिहान १० बजेर ३९ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ४० मिनेटदेखी बिहान ११ बजेर ५७ मिनेटसम्म शुभ बेला ।
बिहान ११ बजेर ५८ मिनेटदेखी दिउसो १ बजेर १५ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर १६ मिनेटदेखी दिउसो २ बजेर ३२ मिनेटसम्म उद्वेग बेला ।
दिउसो २ बजेर ३३ मिनेटदेखी दिउसो ३ बजेर ५० मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर ५१ मिनेटदेखी बेलुकी ६ बजेर ५० मिनेटसम्म रोग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान १० बजेर ३९ मिनेटदेखी बिहान ११ बजेर ५६ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछन् । जागिरमा बढुवा, प्रशंसा र पुरस्कार पाईने योग रहेकोछ । साजाजिक काम गरी प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि गर्न सकिनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेकोछ भने पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त,मावली र मित्रवर्गको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । बन्दव्यापार र साझेदारी व्यावसायबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन ध्यान दिनुहोला । कामको अवसर प्राप्त भए पनि तत्काल फाईदा नहुन सक्छ । पहिलेका सम्झौता तोडी नयाँ काम गर्न सकिनेछ । अरूको भर पर्नाले काम पूरा नहुन सक्छ । तरपनि अन्योलमा मान्यजनको सुझावलाई शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अभिभावक,विशिष्ट व्याक्ती तथा दाजुभाईको सहयोगले राम्रा तथा उत्पादनमुखी काम गर्न सकिनेछ । आफ्नै सवारी साधनमा छोटो दुरिको यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यावसाय सुरु गर्नको लागी समय मध्ययम रहेकोछ । राजनीति तथा सामाजिक क्षेत्रमा मान सम्मान तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धन भावमा रहेको कमजोर चन्द्रमाले विवाद र झगडामा पछि हट्नु नै राम्रो हुनेछ । धन तथा सम्पती सापटीको रुपमा कसैलाई नदिनुहोला,फिर्ता हुन गाह्रो रहेकोछ । नयाँ कामको लागी समय मध्ययम रहेकोछ । कामको दायित्व क्रमशः बढ्दै जानेछ । घरपरिवार तथा कुटुम्बसँग सामान्य मनमुटाब बढ्ने योग रहेकोछ । तरपनि अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तपाईँको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । राजनीति तथा सामाजिक काममा जनताको समर्थन प्राप्त हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुनाले बाहिरि तत्वहरुले प्रलोभन देखाएर फसाउन सक्छन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुको सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । यात्राको योग रहेकोछ भने विदेशमा उत्पादिन सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आर्थिक रुपमा सवल हुनका लागी थालिएका कामहरुबाट मनग्गे लाभ हुनेछ । पैत्रिक तथा सरकारी धन सम्पति लाभ हुने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्त हरुसँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध काममा कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागि पद प्राप्तीको योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ भने छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । शुुभ तथा माङ्गलिक कार्यमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । आत्मविश्वास र हिम्मतका साथ अघी बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय तथा परिस्थिती अनुशार नचल्नाले दुःख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा एक अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया