बिहीबार थपिए १,२१७ संक्रमित, १,०६४ निकाे हुँदा थप १२ काे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २१७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितमध्ये थप १ हजार ६४ जना निको भइसकेका छन् । यस्तै बिहीबार थप १२ जनाकाे मृत्यु भएकाे छ । यस्तै आज क्वारेन्टिनमा ५१५ जना रहेका छन् भने १२ हजार ३८६ रहेकाे छ ।

आजकाे अपडेटसँगै काेराेना संक्रमितकाे संख्या २ लाख ४५ हजार ६५० पुगेकाे छ । जसमध्ये २ लाख ३१ हजार ६०१ जना निकाे भइसकेका छन् । मृतक संख्या १ हजार ६६३ पुगेकाे छ ।

प्रतिक्रिया