मोटरसाइकल जुध्दा एकको मृत्यु, तीन जना घाइते

कैलाली । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका-३ कुचैनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

से १ प ५५७८ र से ६ प ३७११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा धनगढी उपमहानगरपालिका-१९ का पुरन बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

बोहरा से १ प ५५७८ नम्बरको मोटरसाइकलमा सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । सोही मोटरसाइकल चालक धनगढी–१७ का रमेश बोहराको कोहलपुरमै उपचार भइरहेको उनले बताए ।

से ६ प ३७११ नम्बरको मोटरसाइकलका चालक र पछाडि सवार व्यक्तिको धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ ।

प्रतिक्रिया