गणतन्त्रलाई विदेशी एजेन्डा भन्नेलाई बाबुरामकाे सुझाव : लगौंटी लगाएर हिँड !

काठमाडाैं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई विदेशीको एजेन्डा भन्नेहरुलाई बकवास नगर्न भनेका छन् ।

पछिल्लाे समय राजावादीहरू प्रदर्शनमा उठिरहँदा बुधबार सामाजिक सञ्जाल ट्वीटरमा उनले यस्ताे स्टाटस लेखेका हुन् ।

उनले विदेशीका एजेन्डा भन्नेहरूलाई ‘लगौंटी लगाएर हिँड्न’ सुझाव दिएका छन् । उनले लेखेका छन्- ‘गणतन्त्र/संघीयता/धर्मनिरपेक्षता इ. ळाई ‘विदेशी एजेण्डा’ भन्नेहरूलाई सुझाव: १.विज्ञान/प्रविधि/विदेशी भाषा नपढ,गुरूकुल मात्र जाऊ । २. अस्पताल नजाऊ, धामीझाँक्री लगाऊ । ३. गाडी नचढ, पैदल मात्र हिँड । ४. विदेशी/मशिनले सिएका लुगा नलाऊ, लगौंटी लगाएर हिंड । ५.फोन/इन्टरनेट/टीभी प्रयोग नगर ! नत्र वकवास नगर !’

प्रतिक्रिया