लाेक सेवा आयोगले माग्याे ५१३ जना अधिकृत

काठमाडाैं । लाेक सेवा आयोगले अधिकृतकाे लागि विज्ञापन खुलाएकाे छ । आयोगले बुधबार एक सूचना जारी गर्दै राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको हाे ।

यसमध्ये १५३ जना जेष्ठताका आधारमा बढुवामार्फत् पदपूर्ति गरिने तथा बाँकी पदहरुमा खुला तथा सामावेशीको आधारमा पदपूर्ति हुने विज्ञापनमा उल्लेख छ । न्याय सेवाको खुलातर्फ ३६, महिला १८, आदिवासी जनजाति १४, मधेसी ११, दलित ६, अपांग दुई दुई जना माग गरिएको छ ।

जारी विज्ञापन अनुसार सामान्य प्रशासन समूहमा खुलातर्फ ४४ अधिकृत पदमा विज्ञापन खुला भएको छ भने राजश्वमा ४१, लेखामा ३४, लेखा परीक्षणमा १२ र परराष्ट्र सेवामा १ पदमा खुलातर्फ विज्ञापन खुलेको छ ।

प्रतिक्रिया