मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

मुलुकमा फेरी राजनीतिक समस्या खडा गर्न खोजिएको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फेरी राजनीतिक समस्या खडा गर्न खोजिएको बताएका छ । उनले राजनीतिक स्वार्थबाट देशमा कहिल्यै हित नहुने बताउँदै त्यस्ता स्वार्थ पुरा हुन नसक्ने जिकीर गरेका छन् ।

कीर्तिपुरका सुन्दरीघाट चोभार स्थित ‘शान्ति सुद्धम्मावासा’ जेष्ठ नागरिक आवास गृहको शिलान्यास गर्दै उनले सत्यभन्दा स्वार्थ बढी भएको र त्यसले कहिल्यै पनि शान्ति कायम गर्न नसक्ने स्पष्ट पारे । पछिल्लो समय मुलुकमा अशान्ति बढिरहेको तर्फ इंकित गर्दै उनले नेपाली समाज पदभ्रष्ट हुन खोजिएको बताए ।

नेकपा विप्लब समुहले मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई डकैती शैलीमा हत्या गरेको बताउँदै त्यस्ता गतिविधि गर्नेलाई सरकारले कुनै हालतमा माफी नदिने स्पष्ट पारे । ‘यस्तै खालको बिकराल कालखण्ड पार गरेर मुलुक यो स्थितिमा आएको छ, अब फेरी त्यतैतिर फर्काउने अवस्था आएको छ, त्यस्ता समुह कमाउने होइन, सम्पत्ति दिएन भने हत्या गर्ने प्रवृत्तिमा लागेका छन्’– प्रम ओलीले भने ।

सगरमाथाको नयाँ उचाई स् ८८४८.८६ मिटर
आज (मंगलबार) सगरमाथाको नयाँ उचाई घोषणा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले भर्चुअल कार्यक्रम गरी सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर रहेको घोषणा गरेको हो । नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाई घोषणा गरेका हुन् ।

मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्न भूमि व्यवस्था मन्त्रालयलाई स्वीकृति दिएको थियो । स्वीकृतिपश्चात चीन र नेपालको सहमतिमा एकसाथ नयाँ उचाई घोषणा गरिएको हो । यो पहिलेको भन्दा बढी उचाई हो । यसअघि सगरमाथाको उचाई ८८४८ मिटर रहेको थियो । नेपालले गत वर्ष पहिलोल पटक आफ्नै स्रोत साधनको उपयोग गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरेको थियो ।

नापी विभागका प्रमुख अधिकृत खिमलाल गौतमको नेतृत्वमा उचाई मापन गर्न गएको टोली काम पुरा गरेर गत वर्षको जेठमा काठमाडौं फर्किएको थियो । उनीहरुले सगरमाथाको चुचुरोमा एक घण्टाभन्दा बढी समय बिताएर अध्ययन गरेका थिए ।

हाल कायम ८८४८ मिटरको सगरमाथाको उँचाइमा विस २०७२ को भूकम्प र समुद्री सतहमा भएको फेरबदलका कारण परिवर्तन आएको हुन सक्ने अनुमान गरिएको छ । अहिलेको सगरमाथाको उचाई यसअघि सन् १९५४ मा सर्वे अफ इण्डियाले गरेको मापनलाई मान्यता दिइँदै आइएको छ । सगरमाथाको उचाई आफैँले मापन गर्न नेपाल सरकारले नै २०७५/७६ देखि शुरुवात गरेको थियो ।

राजासहितको लोकतन्त्र आवश्यक – राप्रपा
मंगलबार बसेको सर्वदलीय बैठकमा राजासहितको लोकतन्त्रको माग उठेको छ । राप्रपाका नेता दीपक बोहराले राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको माग गरेका थिए ।

नेता बोहोराले राजावादीहरुले गर्दै आएको प्रदर्शनमा आफ्नो पार्टीको नैतिक समर्थन रहेकोसमेत बताएका थिए । उनले सरकारले कोभिड नियन्त्रण गर्न नसकेको, औषधि व्यवस्थापनमा अनियमितता गरेको र भ्रष्टाचार बढेको भन्दै सरकारको चर्को आलोचना पनि गरेका थिए ।

मंगलबार थप २३ कोरोना संक्रमितको मृत्यु, १,३८२ जनामा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड १९० संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार आज ९मंगलबार० देशभर १ हजार ३८२ जना संक्रमित थपिएका छन् भने थप १ हजार ६२१ जना निको भएका छन् । क्वारेन्टिनमा ५२३ जना छन् भने सक्रिय संक्रमित संख्या १२ हजार ६८६ रहेको मन्त्रालयले जनाएको छ ।

आजको अपडेसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । संक्रमितमध्ये २ लाख २९ हजार ५४ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ६३७ पुगेको छ ।

गुणस्तरहिन स्प्रिट, वीपीका चिकित्सकको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप
धरानको एक सप्लायर्सले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रंग मिसाएको गुणस्तरहिन स्प्रिट सप्लाई गरेर ठगी गरेको देखिएको छ । धरानको गर्ग इम्पेक्सले प्रतिष्ठानको विभिन्न विभागमा गुणस्तरहिन स्प्रिट पठाएको पाइएको हो ।

धरानका मेडिकल सप्लायर्स पवन अग्रवालको गर्ग इम्पेक्सले जनस्वाथ्यको खेलवाड हुनेगरी हानिकारक र गुणस्तरहिन स्प्रिट भिडाएको प्रतिष्ठानका चिकित्सकहरुले भनेका छन् । प्रतिष्ठानको विभिन्न विभागमा आइपुगेको स्प्रिट त्यहाँ कार्यरत चिकित्सकहरुले प्रयोग गरेपछि गुणस्तरहिन र रंग मिसिएको पाइएको हो ।

सप्लायर्सले पठाएको स्प्रिटको गुणस्तर जाँच नभएको र मेडिकल स्टोरले पनि आवश्यक जाँच नगरी अस्पतालमा प्रयोगको लागि पठाएकोले चिकित्सकहरुको स्वास्थ्यमा समेत खेलवाड भएको चिकित्सकहरुको भनाई छ । ‘विगतमा आएका स्प्रिट गुणस्तरीय नै थिए, अहिले आएका स्प्रिट प्रयोग गर्दा हात नै हरियो भएको छ । यो जनस्वास्थ्यका हिसाबले हानिकारक छ ।’ प्रतिष्ठानका एक चिकित्सकले भने ।

‘यो हाम्रो लागि विश्व कीर्तिमान पनि हो’ मन्त्री अर्याल

फाेटाे फाइल

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सर्वोच्च शिखर सगरमाथाको उचाई बढ्नु नेपाल र नेपालीका लागि विश्व किर्तिमान भएको बताएकी छिन् ।

आज ९मंगलबार० नापी विभाग काठमाडौंमा गरिएको सगरमाथाको उचाई घोषणा एवम् सम्मान कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् । उचाई घोषणा कार्यक्रममा उनले भनिन्( ‘सगरमाथाको उचाई बढ्नु हाम्रो लागि विश्व कीर्तिमान पनि हो । सगरमाथको उचाई मापनको १७० वर्षको इतिहासमा आफ्नै स्रोत र साधनमा पहिलो पटक मापन गर्न सफल भएका छौँ । यो नेपालीका लागि सुखद क्षण हो ।’

यस्तै उनले नेपाली आफैँले सगरमाथाको उचाई मापन गर्न सफल भएका कारण नेपालको छवि अन्तराष्ट्रिय जगतमा प्रविधिमा सक्षम मुलुकको रुपमा स्थापित हुन सफल भएको पनि बताइन् । पछिल्लो मापन अनुसार सगरमाथाको उचाई बढेको छ, जसअनुसार ८८४८।८६ मिटर कायम भएको छ ।

त्रिविका आंशिक प्राध्यापकहरूको आन्दोलन : कक्षा र परीक्षा बहिष्कार गर्ने घोषणा

त्रिभुवन विश्वविद्यालय। फाइल फोटो

काठमाडौं । आन्दोलनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले कक्षा र परीक्षा बहिष्कार गर्ने घोषणा गरेका छन् । मंगलवार त्रिवि आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटीले पत्रकार सम्मेलन गरी विद्यार्थीको भौतिक उपस्थितिमा हुन लागेका परीक्षा र कक्षा बहिष्कार गर्ने घाषणा गरेको हो ।

समान कामको समान ज्याला हुनु पर्ने लगायतका माग राखेर आन्दोल गर्दै आइरहेको आंशिक प्राध्यापक केन्द्रीय कमिटीले पुस २ गतेदेखि उपकुलपति कार्यालय केन्द्रित आन्दोलन गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । कमिटिका सहअध्यक्ष राजन ढुंगानाले देशभरका आंशिक प्राध्यापकले उपकुलपति कार्यालयमा केन्द्रित भएर आन्दोलन गर्ने बताएका छन् ।

समान काम गर्ने विश्वविद्यालयका अन्य प्राध्यापकसरहका सेवा सुविधा पाउनुपर्ने, प्राज्ञिक उन्नयनको अवसर पाउनुपर्ने, पेशागत स्थायीत्व हुनुपर्ने, एक शैक्षिक सत्र पूरा गरेका आंशिक प्राध्यापकलाई शिक्षण सहायक सरह सेवा सुविधा पाउने गरी करार ग्यारेन्टी गर्नुपर्ने माग आंशिक प्राध्यापकहरुको छ ।

जग्गा कित्ताकाट गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको निर्णय खारेज गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र राणा र न्यायाधीश मनोज शर्माको इजलासले जग्गा रोक्काको निर्णय खारेज गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गरेर उक्त सरकारको निर्णय खारेज गर्ने निर्णय गरको जनाइएको छ ।
अधिवक्ता सन्तोष भण्डारीले दिएको रिटमाथि दुवै पक्षको बहस सुनेर सर्वोच्चले यस्तो निर्णय गरेको हो ।

भू—उपयोग ऐन २०७६ दफा ८ ले जुन प्रयोजनको लागि तोकिएको जग्गा हो, त्योबाहेक अर्को कामका लागि उक्त जग्गा प्रयोग गर्न नपाइने भनेको छ । भूमि व्यवस्था मन्त्रालयले गत भदौ १८ गते जग्गाको कित्ता गर्न पाइने निर्णय गरेको थियो । सरकारले २०७३ देखि जग्गा कित्ताकाट गर्न रोक लगाएको थियो ।

तीन देशका लागि राजदूत सिफारिस

श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरिएको छ । आज ९मंगलबार० बिहान बसेको मन्त्रिपरिषद् बैठकले तीन राष्ट्रका लागि राजदूत सिफारिस गरेको हो ।

बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा।कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या भएको पुष्टि
विराटनगर । सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको पुष्टि भएको छ ।

मोरङ प्रहरीको टोली घटनास्थलमा पुग्दा मोरङको मिक्लाजुङ्ग गाउँपालिकाका(१ ५४ वर्षीय श्रेष्ठको दुवै हात बाँधेर घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबाबु कार्कीले जानकारी दिए । डिआइजी कार्कीले भने, ‘मृतकको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको छ ।’

शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दुरीमा छ । मंगलबार बिहान ७ बजेको समयमा ४र५ जनाको संख्यामा आएको समूहले श्रेष्ठलाई घरबाट उठाएको सूचना आएपछि प्रहरी परिचालन भएको थियो । श्रेष्ठलाई घरबाट उठाएर लगेको १ घण्टापछि गोली चलेको आवाज पनि आएको स्थानीयको भनाइ उद्धृत गर्दै डिआइजी कार्कीले भने ।

प्रदेश प्रहरी, मोरङ प्रहरीका डिएसपीसहितको टोली घटनास्थलमा पुगेर अहिले अनुसन्धान गरिरहेको उनले जानकारी दिए । श्रेष्ठको हत्या विप्लप समूहल गरेको प्रहरीको दाबी छ ।

 

प्रतिक्रिया