सिटिजन्स बैंकका ग्राहकलाई ‘द फर्न रेसिडेन्सी’मा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनमा रहेको ‘द फर्न रेसिडेन्सी होटल’बीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहकले ‘द फर्न रेसिडेन्सी होटल’मा सेवा लिँदा विशेष छुट पाउने भएका हुन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाखग्राहलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा बैंकले नविनतम प्रविधिको प्रयोग गर्दै ग्राहकहरुका वित्तीय आवश्यकताहरु डिजिटरुपमा प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान र विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ ।

साथै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकले विभिन्न योजनाहरु संचालनमा ल्याएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहजरुपमा सेवा प्राप्त गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया