सप्तरीका काेराेना संक्रमितकाे वीपी प्रतिष्ठानमा मृत्यु
२०७७ मंसिर २३ गते

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
सप्तरीको लक्ष्मीपुर ३ का ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनी उच्च रक्तचापका दीर्घरोगी थिए । उनीमा मंसिर १९ गते कोरोना देखिएको थियो ।
वीपीको कोभिड अस्पतालमा उपचारका क्रममा उनको हिजो राति १०:५० मा मृत्यु भएको वीपी प्रतिष्ठानका सह प्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
२०७७ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित









