किसान आन्दोलन : आज भारत बन्दको घोषणा
२०७७ मंसिर २३ गते

काठमाडौं । कृषि कानुनको विरोधमा किसानले भारत बन्दको आह्वान गरेका छन् । मंगलबार बिहान ११ देखि दिउँसो ३ बजेसम्मका लागि बन्द आह्वान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बन्दलाई विभिन्न राजनीतिक दलले समर्थन गरेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् । कृषि कानुन फिर्ताको माग गर्दै उनीहरुले आन्दोलन थालेका हुन् । आन्दोलनको आज १३ औं दिन हो ।
आन्दोलन रोक्नको लागि केन्द्रीय सरकारले अनुरोध गरे पनि कानुन फिर्ता नभएसम्म आन्दोलन नरोकिने किसानले चेतावनी दिएका छन् । किसान र केन्द्र सरकारबीच अहिलेसम्म केही सहमति बनेको छैन ।
पाँचौ चरणको वार्ता बिना निष्कर्ष सकिएपछि दुई पक्षबीच बुधबार छैठौं चरणको वार्ता गर्ने तयारी भइरहेको छ । –बीबीसी हिन्दी
२०७७ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित









