स्थायी कमिटीमा ओलीको पत्र–‘प्रचण्डको प्रस्तावमा औपचारिक छलफल गर्न सकिन्न, त्यसैले बैठकमा आइनँ’

काठमाडौं । आजको बैठकमा अनुपस्थित रहेका पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत् एक पत्र पठाएका थिए ।

पत्रमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि छलफल गर्न नसकिने हुँदा आफू उपस्थित नभएको उल्लेख गरेको थिए ।

‘प्रधानमन्त्रीज्यूले उपप्रधानमन्त्री कमरेड ईश्वर पोखरेलमार्फत् एक पत्र पठाउनुभएको थियो । पत्रमा कमरेड प्रचण्डको प्रस्तावमाथि छलफल गर्न नसकिने भएकोले बैठकमा उपस्थित हुन नसकेको भन्ने थियो ।’बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष दाहालको अध्यक्षतामा बसेको आजको बैठकले आउँदो २८ गते पुनः बस्नेगरी आजको बैठक सकाएको थियो ।

प्रतिक्रिया