२८ गते बस्नेगरी सकियो नेकपा स्थायी कमिटी बैठक

काठमाडौं । आजको स्थायी कमिटी बैठक आउँदो २८ गते बस्नेगरी सकिएको छ ।

आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका थिए ।

त्यसपछि कार्यकारी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

ओलीले आफू उपस्थित नभए पनि उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत् एक पत्र लेखेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार ओलीले पत्रमार्फत् दाहालको प्रस्तावमाथि छलफल गर्न नसकिने बताएका थिए ।

प्रतिक्रिया