बुटवलमा प्रहरीकाे पेस्ताेल खाेसेर तस्कर समूहले चलायाे गाेली, एक जना घाइते

काठमाडौँ । बुटवलमा आज (आइतबार) बिहान एक तस्करले प्रहरीकाे पेस्ताेल खाेसेर गाेली चलाएका छन् ।

बुटवल उपमहानरगरपालिकास्थित चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गैंडाकाे खाग तस्करले प्रहरीकाे पेस्ताेल खाेसेर गाेली चलाएका हुन् ।

होटलमा बसेकाहरूले खाग तस्करी गरेको सुराकीको आधारमा प्रहरी टोली होटलमा छानविन गर्न पुगेकाे थियाे । प्रहरी आएको सूचना पाउनेबित्तिकै तस्करले प्रहरीकै पेस्तोल खोसेर गोली चलाएको हो । यद्यपी पेस्तोल खोसिएका प्रहरी सकुशल छन् भने तस्कर समूहकै एक जना घाइते भएकाे इलाका प्रहरी कार्यालय बुटवलले जनाएकाे छ ।

तस्करको गोली लागेका घाइतेको पहिचान भइसकेको छैन । चिउँडाेमा गाेली लागेका उनकाे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । प्रहरीले होटलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ भने एकजना फरार भएका छन्

प्रतिक्रिया