‘राजाले जनता मार्दैनन्, राजाले देश बेच्दैनन्’

काठमाडौं । नेपालमा पछिल्लो समय राजावादी आन्दोलन चर्किरहेको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आन्दोलन रोक्न निर्देशन दिएपनि आन्दोलन रोकिएको छैन ।

यसैबीच शनिबार संघीय राजधानी काठमाडौं पनि विशाल प्रदर्शन भएको छ । ‘राजाले जनता मार्दैनन्, राजाले देश बेच्दैनन्’, ‘राजा आउ, देश बचाउ’लगायतका पम्पलेट बोकेका प्रदर्शनकारीहरुले संघीयताको विकल्प खोज्नुपर्ने नारासमेत लगाएका थिए ।

राष्ट्रिय नागरिक आन्दोलनले आयोजना गरिएको प्रदर्शन माइतीघर मण्डालाबाट नयाँ बानेश्वरसम्म पुगेको थियो ।

प्रदर्शनमा सहभागीले पृथ्वीनारायण शाहको बडेमान तस्वीरसमेत बोकेका थिए ।

प्रतिक्रिया