सशक्त आन्दोलन गर्दै भारतीय किसान : भन्छन्–‘माग पूरा नभए दिल्ली जाने सबै मार्गमा अवरोध गर्छौँ’

काठमाडौं । भारतमा केन्द्र सरकारले हालै ल्याएका तीन कृषि कानून खारेजीको माग गर्दै किसानहरु आन्दोलित भएका छन् ।

आन्दोलनको नेतृत्व गर्दै आएका किसान संगठनहरुले डिसेम्बर ८ (आउँदो मंगलबार)मा भारत बन्दको घोषणा गरेका छन् ।
‘दिल्ली चलो अन्दोलन’ अन्तर्गत पञ्जाब र हरियाणासहितका राज्यका किसान अहिले राजधानी दिल्लीका विभिन्न सीमा नाकामा बसेका छन् । उनीहरुलाई सुरक्षाकर्मीहरुले दिल्ली पस्न दिएको छैन ।

भारतीय किसान यूनियनका नेता गुरमान सिंह चढूनीले शनिबार हुने वार्तामा केन्द्र सरकारले आफूहरुको माग पूरा नगरेमा आन्दोलन थप तीव्र र सशक्त बनाउने बताएका छन् । यस्तै अर्का किसान नेता हरविन्दर लखवालले भनेका भने, ‘हाम्रो बैठकले डिसेम्बर ८ मा भारत बन्दको घोषणा गर्ने निर्णय गरेको छ । सो दिन हामी दिल्लीका सबै टोल तथा प्लाजाहरु घेर्ने छौँ ।’

उनले अघि भने, ‘नयाँ कृषि कानून फिर्ता लिइएन भने आउँदा दिनमा हामीले दिल्ली जाने सबै मार्ग बन्द गर्ने छौँ ।’ पछिल्लो ९ दिनदेखि पञ्जाब, हरियाणासहितका राज्यबाट आएका किसान दिल्लीका विभिन्न सीमा क्षेत्रमा धर्नामा छन् ।

प्रतिक्रिया