संक्रमणको २१ औँ दिनमा कोरोनामुक्त भएर फर्किए डा. गोविन्द केसी

काठमाडौं । डा. गोविन्द केसी कोरोना भाइरस (कोभिड १९) संक्रमणमुक्त भएर फर्किएका छन् । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत उनी २१ औँ दिनमा संक्रमणमुक्त भएर फर्किएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार आज (बिहीबार) साँझ डा. केसी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

डा. केसीलाई गएको कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरो र श्वासप्रश्वासमा समेत देखिएकाे थियाे ।
प्रतिक्रिया