बिहीबार थप १ हजार ३४३ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३४३ कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । यस्तै २ हजार १११ जना संक्रमित निकाे भएर फर्किएका छन् भने थप १३ जनाकाे मृत्यु भएकाे छ ।

यस्तै आज (बिहीबार) क्वारेन्टिनमा ५७६ जना रहेका छन् भने सक्रिय संक्रमितकाे संख्या १५ हजार ७६६ रहेकाे छ ।

आजकाे अपडेटसँगै देशभर कुल संक्रमितकाे संख्या २ लाख ३७ हजार ५८९ पुगेकाे छ । संक्रमितमध्ये २ लाख २० हजार २७२ जना निकाे भइसकेका छन् । मृतक संख्या १ हजार ५५१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया