आजको मौसमः पहाडी भू-भागमा हल्का वर्षा, तराईमा हुस्सु लाग्ने

काठमाडौं । अहिले हाल गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो बंगलादेश आसपास बनेको न्यूनचापीय प्रणालीको असरले पहाडी क्षेत्रका केही ठाउँमा पानीपर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

मंसिर १८ गते (बिहिबार)
दिउँसो : लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १९ गते (शुक्रबार)
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ ।

राती : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ ।

मंसिर २० गते (शनिबार)
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ ।

राती : प्रदेश १ तथा बाकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको साथै प्रदेश नं १ का पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया