प्रधानमन्त्री सहभागी नभएपछि सचिवालय बैठक २० गतेसम्मको लागि सर्‍यो

काठमाडौं । बुधबार (आज)का लागि बोलाइएको बैठक आउँदो २० गते बस्नेगरी सकिएको छ ।

पूर्वनिर्धारित समयानुसार आजै १ बजे बस्ने भनिएको बैठक २ बजेका लागि सारिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आजको बैठक आउँदो २० मंसिरमा बस्नेगरी सकिएको हो ।

प्रधानमन्त्री सहभागी भएनन्
बैठक प्रधानमन्त्री सहभागी नभएपछि स्थगित भएको हो ।

यसअघि हिजैको बैठकमा आजको बैठकमा उपस्थित नहुने बताएका ओली आजको बैठकमा उपस्थित नभएका हुन् ।

यसअघि उनका विश्वासपात्र तथा संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङ्गले भने ओली बैठकमा उपस्थित हुने बताएका थिए ।

प्रतिक्रिया