एन आई सी एशिया बैंकमा अब माेवाइलबाटै खाेल्न सकिन्छ मुद्दती खाता

काठमाडौं । एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ्ग मार्फत ग्राहकहरूले आफै मुद्दती खाता खोल्न सक्ने सुविधाको थालनी गरेको छ । डिजिटल बैंकिङ्गको प्रवद्र्धनका साथै ग्राहकहरूलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङ्गको प्रत्याभूति गराउन बैंकले नवीन सेवा सुरु गरेको हो ।

अब बैंकका ग्राहकहरूले NIC ASIA MoBank एपमा रहेको Fixed Deposit आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्नेछन् । बैंकमा ग्राहकहरूले कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्ष भन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्नेछन् भने वार्षिक ब्याजदर सुविधा ७.२५ देखि ९.७५ प्रतिशतसम्म पाउन सक्नेछन् ।

मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्ने ग्राहकहरूलाई प्रोत्साहनस्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ ।

‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको बैंकले ल्याएका यो सुविधा अन्तर्गत स्वचालित पद्धतीअनुरूप ग्राहकहरूले क्षणभरमै मुद्दती खाता खोली बिना कुनै झन्झट उच्चतम ब्याजदरले भरिपूर्ण मुद्दती निक्षेपको फाइदा लिन सक्ने बैंकको भनाई छ ।

बैंकले हाल शाखा कार्यालयहरू तथा वेबसाइटमार्फत मुद्दती खाता खोल्ने सुविधा दिँदै आएकोमा ल्क्ष्ऋ ब्क्क्ष्ब् ःयद्यबलप मार्फत थालनी गरिएको यस सुविधाबाट ग्राहकहरूले अझ सहज रुपमा मुद्दती खाता खोल्न सक्ने भनिएको छ ।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको अनलाइन माध्यमबाट मुद्दती निक्षेपकर्ताहरूले थप सहज रुपमा सुविधा उपभोग गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै डिजिटल कारोबार गर्नेहरूको संख्यामा समेत तीव्र बृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई क्यासलेस बनाउन यो योजनाले सहयोग पुग्ने बैंकले लक्ष्य लिएको छ ।

 

प्रतिक्रिया