ट्रम्पलाई अर्को झट्काः महान्यायाधीवक्ताले भने- ‘धाँधलीको प्रमाण भेटिएन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्वाचनमा धाधली भएको विषयमा आफ्नै सहयोगी महान्यायाधिवक्ताबाट असहयोग भएको छ । महान्यायाधिवक्ता विलियम वारले निर्वाचनमा धाधली भएको कुनै प्रमाण नभेटिएको बताएसँगै ट्रम्पलाई गहिरो झट्का लागेको हो ।

महान्यायाधिवक्ता विलियमले भनेका छन्, ‘अहिलेसम्म चुनावमा धाधली भएको कुनै प्रमाण भेटिएको छैन, जसले चुनावलाई प्रभावित गरेको होस् ।’ अहिलेसम्म निर्वाचनको परिणाम स्वीकार नगरेका ट्रम्पलाई महान्यायाधिवक्ताको यो भनाईले गहिरो झट्का लागेको विश्लेषण गरिएको छ ।

ट्रम्प र उनको क्याम्पियनले आफु हारेका राज्यमा चुनावमा धाधली भएको भन्दै मुद्धा दायर गरेका छन् भने कैयौ राज्यका अदालतले ट्रम्पको मुद्धा खारेज गरिसकेका छन् । त्यस्तै कैयौं राज्यले जो बाइडेन निर्वाचित भएको भन्दै निर्वाचन परिणाम प्रमाणित समेत गरिरहेका छन् ।

महान्यायाधिवक्ता विलियमले भनेका छन्. ‘एक दाबि यस्तो छ की धाधली सुनियोजित तरिकाले गरियो । जसबाट निर्वाचनको परिणामनै बदलियो । ब्यालेट मेशिन ह्याक गरेको दाबि गरियो । जसबाट बाइडेनलाई बढी मत आयो । न्याय विभाग र होमल्याण्ड सेक्युरिटीले गरेको अनुसन्धानमा यस बारेमा कुनै ठोस सबुत पाइएन ।’

महान्यायाधिवक्ता विलियमको यस्तो भनाई बाहिर आएपछि ट्रम्पका प्रमुख वकिल रुडी जुलियानीले एक विज्ञप्ति जारी गरेर महान्यायाधिवक्ताको भनाई बिना कुनै अनुसन्धान आएको जस्तो देखिएको बताएका छन् । ट्रम्पले आफ्नो पक्षमा निर्वाचनको परिणाम उल्टिने अन्तिम अस्त्रको रुपमा फेडरल अनुसन्धानकर्तामा भर परेको बताइएपनि अब महान्यायाधिवक्ताले नै प्रमाण नभएको भनेपछि अब उनको सबै अस्त्र सकिएको विश्लेषण गरिएको छ । –एजेन्सी

प्रतिक्रिया