नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार छ : मन्त्री ढकाल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिककाे जीवन रक्षा गर्नु नै सरकारकाे पहिलाे प्राथमिकता रहेकाे बताएका छन् । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको आज निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

कार्यक्रममा उनले भनेका छन्- ‘महामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला । जनतालाई परेको समस्यामा तीनै तहका सरकार एकै ठाउँमा भएर सहयोगी बनेका छन् । आत्मबलले कोरोनासँग जित्न सकिन्छ ।’

नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको पनि उनले बताएका छन् । कोरोनाका कारण मानवीय क्षति नहोस् भन्नेतर्फ सरकार केन्द्रित रहेको मन्त्री ढकालको भनाइ छ ।

प्रतिक्रिया