जबरजस्ती करणी गरेकाे एक वर्षपछि १४ वर्षीया किशाेरीकाे शिशु जन्मियाे अनि पक्राउ परे अभियुक्त

ओखलढुंगा । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-२ बस्ने २९ वर्षीय वीर बहादुर मगरलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

वीर बहादुरले २०७६ फागुन २८ गते ती किशोरीलाई उनकै कोठामा जबरजस्ती करणी गरेको र सोही कारण किशोरीले गत शनिबार छोरीको जन्म दिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया