भक्तपुरमा स्कुटर पल्टिँदा युवकको ज्यान गयो

काठमाडौं । भक्तपुरमा गए राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राति सवा १० बजे थिमि नगरपालिका-४ एसओएस चोकमा बा ७३ प ३८२ नम्बरको स्कुटर पल्टिँदा भक्तपुरकै २९ वर्षका राजु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । स्कुटर दुर्घटना हुनुको कारण भने नखुलेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया