चितवन राष्ट्रिय निकुञ्जमा अर्को गैंडा मर्‍यो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैंडा मृत फेला परेको छ । अन्दाजी ३४-३५ बर्षको बुढो भाले गैँडा निकुञ्जको कोर ईलाका रिऊ र राप्ती नदीको दोभानको दक्षिणी किनारामा सोमबार मृत फेला परेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार मृत भेटिएको गैडा बुढो भएका कारण कालगतिले मृत्यु भएको आँकलन गरिएको छ । सो गैँडा कार्यालयको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमित रुपमा देखिने गरेको र नियमित रेखदेखमा नै रहेको उनको भनाई छ ।

कालगतिकै कारण मरेका गैडाँहरुको समेत निकुञ्ज कार्यालयबाट पशु् प्राविधिक खटाएर पोष्ट मार्टम गर्ने गरिन्छ । उक्त गैँडाको खाग तथा खुर सुरक्षित रहेको छ । यो संगै यस आर्थिक बर्ष २०७७-७८ मा प्राकृतिक कारणले १३ र चोरी शिकारका कारणले ४ वटा गरी कुल १७ वटा गैडाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया