बन्द ढोका पछाडि कोभिड—१९ को समयमा घरेलु हिंसाको सत्यता

काठमाडौँ । जोन्टा क्लब काठमाडौँले महिला विरुद्ध हुने घरेलु हिंसाको बढ्दो घटनाहरूको प्रतिक्रियाको रूपमा “बन्द ढोका पछाडि : कोभिड—१९ को समयमा घरेलु हिंसाको सत्यता” शीर्षकको वेविनार आयोजना गरेको छ ।

जोन्टा क्लब काठमाडौँले नेपाल चेम्बर अफ कमर्स एण्ड इंडस्ट्रीज (एफएनसीसीआई), अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ), अन्तर्राष्ट्रिय प्रवासको लागि सङ्गठनको (आईओएम) र पौरखी तथा कुमारी बैङ्क लिमिटेड र रोयल थाई दूतावास नेपालको सहयोगमा महिला विरुद्ध हिंसा अन्त्य गर्न चेतना जगाउन उक्त आयोजना गरेको हो ।

श्रृंखलाको यो दोस्रो सेशन युवामा आर्थिक र मनोवैज्ञानिक प्रभावमा केन्द्रित थियो । जसको उद्देश्य युवामा चेतना जगाउने र कोभिड १९ सङ्कटको बिचमा महिला विरुद्ध हुने हिंसाका बढ्दो घटनाहरूको समाधान खोज्ने थियो ।

सेशनको सञ्चालन महिला, कानुन र विकास फोरम (एफडब्लुएलडी)को कार्यकारी निर्देशक सबिन श्रेष्ठले गरेका थिए । उनले अहिले महिलाले सामना गरिरहेका कठिनाइहरूको बारेमा वक्तव्य राखेका थिए । ‘उनीहरू घरमै अपराधीसँग अड्किरहेका छन्, उनले भने, ‘अहिले पनि लकडाउनले गर्दा कानुन प्रभावित छ, जहाँ व्यक्तिले अपराध रिपोर्ट गर्न सक्दैनन्, उनीहरू अदालत जान र रिपोर्ट गर्न पीसीआर रिपोर्ट प्राप्त गर्नुपर्नेछ ।’ उनले घरेलु हिंसाका घटनाहरूका लागि पनि होम डेलिभरी सेवाहरूको आवश्यकतामा जोड दिएका थिए ।

परिचयात्मक टिप्पणी माइग्रेसनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) की चीफ अफ मिशन लोरेना ल्यान्डोले गरेकी थिइन । यस विषयको बारेमा बर्ड वरियरकी सदस्य निशा कार्कीले एक जीवन्त कविता वाचन गरेकी थिइन् ।

कार्यक्रममा चेतना श्रेंग(अध्यक्ष, महिला सञ्जाल धरान र महिला अधिकारकर्मी) करुणा कुँवर (वरिष्ठ मनोवैज्ञानिक/सीआईएसएमयू—युएनडीएसएस प्रमाणित तनाव परामर्शदाता), हिमा विष्ट(कार्यकारी निर्देशक, वुमन लिड नेपाल)को उपस्थिति रहेको थियो ।

मिशन आईओएमकी लोरेनो ल्यान्डोले कोभिड—१९ मा लैङ्गिक हिंसाको बारेमा जागरूकता बढाउनुपर्ने भन्दै पीडितहरूले समस्या बताउन सक्षम हुनुपर्ने र डरले समस्या लुकाउन नहुने कुरामा जोड दिइन् ।

वुमन लिड नेपालकी कार्यकारी निर्देशक हिमा विष्टले कोभिडको समयमा युवाहरू निराश भएको बताइन् । उनले हिंसाको बारेमा कुरा गर्दा केवल महिला मात्र नछुट्टाएर पुरुषहरू पनि कसरी समावेश गर्ने भन्ने बारेमा बताइन् ।

प्रतिक्रिया