काेराेना संक्रमणबाट पाेखरामा थप ४ जनाकाे मृत्यु

काठमाडौं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट पाेखरामा थप ४ जनाकाे मृत्यु भएकाे छ ।

पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जना र चरक मेमाेरियल अस्पतालमा उपचाररत एक जनाकाे मृत्यु भएकाे हाे । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गुमाउनेहरूमा पोखरा महानगरपालिका–३ का ६५ वर्षीय पुरूष, पोखरा महानगरपालिका–१८ का ५१ वर्षीय पुरूष र स्याङ्जाको वालिङ नगरपालिका–१४ का ६७ वर्षीय पुरूष रहेका छन् । उनीहरूकाे क्रमश : आइतबार दिउँसो ४:३३, आइतबार राति ९:४५ र सोमबार बिहान २:१० मा मृत्यु भएकाे हाे ।

यसैगरी पोखरास्थित चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–१६ की ५७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ४ बजे मृत्यु भएकाे छ । ती महिलामा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया