क्रेडिट कार्डका लागि अनलाइन आवेदन दिए निःशुल्क पाउने

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको लागि “अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्” नारा सहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना सार्वजनिक भएको छ ।
सो योजना १५ मंसिर देखि २२ मंसिरसम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरुका लागि लागू हुने बैंकले जनाएको छ ।

क्रेडिट कार्डका लागि अनलाइन आवेदन बैंकको वेभसाइटबाट दिन सकिनेछ । अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिने ग्राहकहरुले सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुविधा पाउन सक्नेछन् ।

प्रतिक्रिया