झाडीमा भेटियाे पाँच दिनदेखि बेपत्ता युवककाे शव, अपहरणपछि हत्या भएकाे आशंका

विराटनगर । पाँच दिनदेखि बेपत्ता युवककाे शव झाडीमा भेटिएकाे छ । सुनसरीकाे दुहबी नगरपालिका-२ का १७ वर्षीय सुजननारायण चाैधरीकाे शव शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा भेटिएकाे हाे ।

मंसिर १० यता बेपत्ता भएका उनकाे शव आज (सोमबार) बिहान करिब ५ बजे भेटिएकाे हाे । उनी कक्षा ११ मा अध्ययनरत थिए । उनकाे अपहरणपछि हत्या भएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । मृतककाे शव धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएकाे छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया