यस्ता बिरामीले खानुहुँदैन अनार, हरेक दिन तातोपानीको सेवनले भगाउँछ यस्ता राेग

एजेन्सी । फलफुलमध्ये अनार शरीरमा आइरन र रगतको कमी पूरा गर्नका लागि  निकै राम्रो स्रोत मानिन्छ । अनार फाइबरले भरपुर हुन्छ । यसले तौल कम गर्छ । अनार विशेषगरी बिहान अनार खानु निकै फाइदाजनक हुन्छ । यसमा हुने सुगर र भिटामिनले दिनभर उर्जा प्रदान गर्छ । त्यसैले बिहान ब्रेकफास्टमा अनार खानुपर्छ ।

स्वास्थ्यका लागि निकै लाभदायी मानिने अनार यस्ता व्यक्ति तथा बिरामीहरूका लागि भने हानिकारक हुन सक्छ ।

एलर्जी : एलर्जीबाट समस्यामा परेका व्यक्तिहरुले अनार खान हुँदैन । यसले एलर्जीको समस्या झन् बढाउँछ । शरीरमा रगत बढाउँछ र रगतको धब्बा झनै बढाउँछ ।

न्यून रक्तचाप : रक्तचाप कम (लो ब्लडप्रेसर) कम हुने व्यक्तिहरुले अनार खानुहुँदैन । अनार चिसो हुने भएकाले यसले रक्तसञ्चारको गति ढिलो गराउँछ । जसले ‘बिपी फल’ गराउँन सक्छ । यसका साथै, अनारमा हुने तत्वले न्यून रक्तचापको औषधिसँग प्रतिक्रिया जनाउने हुँदा शरीरलाई हानी पुग्छ ।

खोकी वा इन्फ्लुयन्जा : चिसो फल भएकाले अनारले खोकी र इन्फ्लुयन्जाको समस्या झनै बढ्छ ।

कब्जियत र ग्याष्ट्रिक : अनारले कब्जियत र ग्याष्ट्रिकको समस्या झन् बढाउँछ । अनारले पाचन प्रक्रिया बिगार्ने भएकाले झनै समस्या आउँछ ।

मानसिक समस्या : यदि तपाईं मानसिक समस्याबाट पीडित हुनुहुन्छ भने अनार खान तुरुन्त बन्द गर्नुपर्छ । किनकी मानसिक समस्यामा खाइने औषधिसँग प्रतिक्रिया गर्छ । र दिमागको नसा चिसो बन्न सक्छ ।

यस्तै बिहानकाे समय ताताेपानी पिउँदा स्वास्थ्य राम्राे हुन्छ । थुप्रै रोग लाग्नबाट बचाउने तातोपानीको सेवन दैनिक रुपमा गर्न सकिन्छ । तातोपानी शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवन गर्मी मौसम र जाडो मौमस दुवैमा गर्न सकिन्छ ।

चिसो, रुघाखोकी : जाडो मौसममा चिसो लाग्नबाट बच्न र रुघाखोकीबाट बच्नका लागि तातोपानीको सेवन गर्नुपर्छ । तातोपानीको सेवले घाँटीमा हुने विभिन्न संक्रमणबाट पनि बच्न सकिन्छ ।

तौल कम गर्न : तौल बढिरहेको छ र त्यसलाई सन्तुलनमा राख्न तातोपानीको सेवन गर्न सकिन्छ । तातोपानीमा कागती र महको रस मिसाएर सेवन गर्ने गर्नाले तौल सन्तुलन हुन्छ ।

छाला : हरेक दिन तातोपानी पिउँदा छालामा निखार ल्याउँछ । छालामा चमक बढाउन र छाला सुन्दर देखाउनका लागि दैनिक तातोपानीको सेवन गर्नुपर्छ ।

कपाल : जसको कपाल झर्ने समस्या छ त्यस्ता व्यक्तिले तातोपानीको सेवन गर्नुपर्छ । दैनिक रुपमा तातोपानी पिउँदा कपाल मजबुत हुने र झर्न कम हुन्छ ।

पाचन प्रक्रिया : हरेक दिन बिहान तातोपानी पिउने गर्दा पाचन पक्रिया बलियो हुन्छ । जसले गर्दा कब्जियतको समस्या हुँदैन । खाना खाएको ३० मिनेछपछि तातोपानी पिउँदा खाना राम्रोसँग पच्ने र पेट पनि स्वस्थ रहन्छ ।

मांसपेशीको दुखाई : तातोपानीको दैनिक सेवनले मांसपेशीको दुखाई कम हुन्छ । जाडो मौसममा शरीर दुख्ने समस्या हुन्छ भने यसको लागि दैनिक तातोपानी पिउने गर्नुपर्छ ।

प्रतिक्रिया