गोल्छा बने उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्ष

काठमाडौं । शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९ औँ अध्यक्ष बनेका छन् ।

निवर्तमान अध्यक्ष भवानी राणाले अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्षलाई सुम्पने विधान अनुसार पदभार हस्तान्तरण गरेसँगै गोल्छा आजदेखि महासंघको १९ औँ अध्यक्ष बनेका हुन् ।

महासंघको निर्वाचन आइतबार विहान सम्पन्न भएको थियो। प्रमुख निर्वाचन अधिकृत उपेन्द्र पौडेलले गोल्छालाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

आजबाट भवानी राणा निवर्तमान अध्यक्ष बनेकी छिन् । अबगोल्छा नेतृत्वको कार्यसमितिमा उनी दोस्रो वरियतामा रहनेछिन् ।

गोल्छाले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

योपनि , नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

प्रतिक्रिया