संविधानमा केहि परिवर्तन गरौं : अध्यक्ष डा. लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलले संविधानमा केहि परिवर्तन गर्नु पर्ने बताएका छन् । उनले अब सबै मिलेर संविधानमा सुधार गर्नुपर्ने भन्दै संविधानभित्र रहने राजसंस्था कायम गर्न आवशयक रहेकोमा जोड् दिएका हुन् ।

सामाजिक संजाल फेसबुकमार्फत टिप्पणी गर्दै अध्यक्ष डा. लोहनीले भनेका छन्- ‘संविधानभित्र रहने राजसंस्था कायम गरौं । धर्म निरपेक्षताको नाममा र विदेशी पैसाको बलमा देशमा मा व्यापक धर्म परिवर्तनको अभियानमा रोक लगाऊ र नेपाल को हिन्दु राष्ट्र पहिचान कायम गरौं ।’

साथै उनले पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको टिप्पणीप्रति कटाक्ष गरेका छन् । उनले कसैलाई मन परेन भने जे पायो नबोल्न भनेका छन् ।

प्रतिक्रिया