पेग्बेको आत्मघाती गोलले बराबरीमा रोकियो पीएसजी

काठमाडौं । शनिबार राति भएको फ्रेन्च लिग वान फुटबल अन्तर्गतको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट-जर्मेन (पीएसजी) जितबिहिन भएको छ ।

घरेलु मैदानमा भएको खेलमा पेग्बेले आत्मघाती गोल गर्दा पीएसजी बोर्डक्ससँग बराबरीमा रोकिएको हो । ​पीएसजीका लागि नेइमार र केनले एकएक गोल गरे भने पेग्बेले आत्मघाती गोल गरे । पीएसजीमाथि बोर्डक्सका लागि एड्लीले एक गोल गरे ।

पेग्बेको आत्मघाती गोलले पीएसजी २-२ को बराबरीमा रोकिएको हो । ​ गएरातिको खेलमा बराबरीमा रोकिएको पीएसजी १२ खेलबाट २५ अंकसहित शीर्ष स्थानमा कायमै छ ।

प्रतिक्रिया