‘कुनैपनि वहानामा महाधिवेशन नरोकियोस्’ डा. शेखर

काठमाडौं । कोरोनाका कारण वा अन्य कुनैपनि वहानामा पार्टीको महाधिवेशन रोकिन नहुने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । उनले सामाजिक र भौतिक दुरी कायम राख्दै १४ औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

चिकित्सक समेत रहेका उनले भाईरस अझै केही समय रहिरहन सक्ने बताउँदै यसैको वा अन्य कुनै बहानामा पार्टीको महाधिवेशन रोकिन नहुँने बताए । ‘नेपाली कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ, कोरोना भाइरसको कारण वा अन्य कुनै वहाना गर्नुहुँदैन ।’ डा. कोइरालाले भने ।

कोइरालाले केन्द्रीय परिपत्र अनुसार छिटो क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा पठाउँन जिल्ला सभापतिहरूलाई आग्रह समेत गरेका छन् ।

नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा डा. कोइरालाले भने–‘ सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्यो । व्यवस्था नै गुम्छ की भन्ने आशंका शुरु हुन थालेको छ । यस्तो बेलामा महाधिवेशन मार्फत कांग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक छ ।’

डा. कोइरालाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार के गर्दैछ भन्ने कसैले भन्ने अवस्था नरहेको समेत बताएका छन् । कोरोना माहामारीका कारण त्रासमा भएका जनतामा कोरोना परीक्षण दर बढाउनुपर्ने भएपनि त्यसमा सरकार बेखबर भएको उनको भनाई छ । उनले आफूलाई पनि सरकार छ कि छैन भन्नेबारे भ्रम भईरहेको जिकीर गरे ।

उनले पार्टीका भातृसंस्था नेविसंघ, तरुण दल, महिला संघलगायतले भ्रष्टचारमा रुमलिएको, पदलोलुपका लागि आन्तरिक झगडामा ब्यस्त भएको सरकारको भर नपरी आफैं कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचारको प्रयासमा रहनुपर्ने सुझाए ।

उनले कांग्रेसको महाअधिवेशन सकेसम्म फागुनमा र सकिएन भने चैत बैशाख सम्म जसरी पनि नगरे कांग्रेसको भविष्य समाप्त हुनसक्ने बताए । उनले सरकार जनताप्रति उत्तरदायी हुन नसकेको बेला प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि सरकारका गलत कृयाकलापबिरुद्ध रचनात्मक बिरोधमा उत्रन नसकेको भन्दै नेतृत्वको घुमाउरो पारामा आलोचनासमेत गरेका छन् ।

अधिवेशन समयमा गर्नुपर्ने भएपनि काँग्रेस अल्मलिएको तर्क गरे । उनले समाबेशीता र मेरिटोक्रेशीलाई कसरी लाने भन्नेमा कांग्रेसले बहस गर्नुपर्ने बताए ।

कांग्रेसले आफ्नो पार्टीका आधारभूत सिद्धान्तमा कुनै पनि हालतमा कम्पोरमाईज नगर्ने जिकिर गरे । संघीयता धरापमा पर्न थालेको बताउँदै प्रधानमन्त्री ओलीले नै संघीयता धरापमा पर्ने कार्यको नेतृत्व गरेको हो कि भन्ने देखिन थालेको बताए ।

प्रतिक्रिया