बरिष्ठ उपाध्यक्षको जिल्ला नगरको प्रारम्भिक मत गणनामा किशोर प्रधानको दोब्बर अग्रता

काठमाडौं । उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षको प्रारम्भिक मत गणनामा किशोर प्रधान अगाडी देखिएका छन् ।

आफ्ना प्रतिष्पर्धी चन्द्रप्रसाद ढकाललाई दोब्बर अग्रताले छाडेका छन् । जिल्ला नगरको प्रारम्भिक मतगणनामा किशोर प्रधानले १२ मत ल्याउँदा चन्द्रप्रसाद ढकालले ६ मत पाएका छन् ।

यसअघि वस्तुगत तर्फको उपाध्यक्षमा किशोर प्रधानका अञ्जन श्रेष्ठ विजयी भइसकेका छन् ।

वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा दुबै प्यानलका ७–७ जना निर्वाचित भएका छन् ।

प्रतिक्रिया