वस्तुगततर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ विजयी

काठमाडाैं । आज भएको नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ विजयी भएका छन् । प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई २५ मतान्तरले पराजित गर्दै किशोर प्रधानको प्यानलबाट श्रेष्ठ विजयी भए ।

वस्तुगततर्फको उपाध्यक्षमा चन्द्र ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र किशोर प्रधान समूहबाट श्रेष्ठको प्रतिष्पर्धा थियो । अन्जनले ६२ मत ल्याउँदा उमेशले ३७ मत मात्र ल्याएका छन् ।

वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा दुबै प्यानलका ७–७ जना निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधान र चन्द्र ढकाल प्यानलबाट समान संख्यामा सदस्य निर्वाचित भएका छन् ।

वस्तुगततर्फ प्रकाशमान सिंह कार्की, सुमित केडिया, अरनिको राजभण्डारी, नरेशलाल श्रेष्ठ, भक्त बहादुर हमाल, मनिषलाल प्रधान, मिनमान श्रेष्ठ र हेमराज ढकाल विजयी भएका छन् । यसैगरी आकाश अधिकारी, गोविन्द ढुंगेल, विष्णु गैरे, सकुन्तला हिराचन, सुवोध गुप्ता, सन्दीप कुमार अग्रवाल पनि विजयी भएका छन् ।

प्रतिक्रिया