महासंघ निर्वाचन : मुस्लिम समुदायका एकमात्र केन्द्रीय सदस्य जमशेर अलिमिया विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मुस्लिम समुदायका एकमात्र केन्द्रीय सदस्य जमशेर अलिमिया विजयी भएका छन् । चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष समेत रहेका अलिमिया १० मत ल्याएर विजयी भएका हुन् ।

अलिमियाले निकटतम प्रतिद्वन्दी रचना श्रेष्ठ र हेमराज बञ्जाडेलाई पराजित गर्दै विजयी भएका छन् । हेमराजले ९ मत ल्याएका छन् भने रचनाले १ मत ल्याएका छन् । उनी ढकाल प्यानलका हुन् ।

मुस्लिम समुदाबाट प्रतिनिधित्व केन्द्रीय सदस्यको लागि चुनावी मैदानमा उत्रिएका जमशेर अलिमिया विगत २०६२ सालदेखि एक कार्यकाल बाहेक लगातार अध्यक्षको रुपमा रही उद्योगी व्यवसायीको हकहितमा काम गर्दै आएका छन् ।

महासंघमाको इतिहासमा पहिलो पटक युवा उद्यमी अलिमिया मुस्लिम समुदायबाट पहिलो र एकमात्र केन्द्रिय सदस्यको उम्मेद्वार हुन् । अलिमिया लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यको लागि उम्मेदवार छन् ।

जमशेर अलिमिया ४९ वर्षीय युवा उद्यमी अटल सिमेन्ट प्रा.लि.का अध्यक्ष हुन् । सो उद्योगबाट ओपिसी र पिपिसी सिमेन्टको उत्पादनहुन्छ भने लोकप्रिय ग्रुपको अध्यक्ष समेत रहेका छन् । जस अन्तर्गत पेट्रोलपम्प, हार्डवेयर, इटाउधोग, टायर तथा भिनीयरको व्यापार विगत ४० वर्षदेखि गर्दै आइरहको छ ।

यो पनि, महासंघको निर्वाचमा मुस्लिम समुदायबाट अलिमियाको उम्मेद्वारी

उनी नेपाल प्रजातान्त्रिक महासंघ लुम्बिनी प्रदेशको कोषाध्यक्ष्य, साँग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सदस्य, बुद्ध टेलिभिजन बुटवलको संस्थापक सदस्य, सनराइजबोडिङ्ग स्कुल चन्द्रौटाको संस्थापक शेयर सदस्य, अरनीको बचत तथा ऋण सहकारी संस्थालगायतका संस्थापक हुन् ।

निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकालको टीम चुनावी मैदानमा थियो । वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने महासंघको प्रावधान छ । सोही व्यवस्थाको कारण शेखर अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालको लागि स्वतः अध्यक्ष बन्नेछन् ।

महासंघमा जिल्लारनगरतर्फ १०५ मतदाता, वस्तुगततर्फ १०१ मतदाता र एसोसिएटतर्फ ९ सय ४ मतदाता छन् । वस्तुगततर्फको मतदान महासंघ केन्द्रीय कार्यालय टेकुमा भएको थियो । एसोसिएटफर्तको मतदान कार्की व्यांकेट बबरमहलमा र जिल्लारनगरतर्फको मतदान नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा भएको थियो ।

 

प्रतिक्रिया