महासंघको चुनाव : ढकाल समूहले खोल्यो खाता, संस्थापक संघ तर्फबाट दामु अधिकारी विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा चन्द्र ढकालको प्यनलले जतको खाता खोलेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल समूहका उम्मेदवार संस्थापक संघ तर्फका दामु अधिकारी सदस्यमा विजयी भएका छन् ।

अधिकारीले ७ मत ल्याएर विजयी भएका छन् । यस्तै उनका निकटतम् प्रतिद्वन्द्वी उत्तमलाल चुकेले ५ मत ल्याएका छन् ।

मतदान बिहान आठ बजेदेखि अपररान्ह ४ बजेसम्म भएको थियो ।

आज भएको निर्वाचनमा निर्वाचनमा शतप्रतिशत मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । जिल्ला–नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केसरी न्यौपानेले जानकारी दिए ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन् ।

अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पद सर्वाधिक महत्वपूर्ण मानिन्छ ।

महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी अन्य पदहरुमा चुनाव भएको हो ।

 

प्रतिक्रिया