उद्योग वाणिज्य महासंघको निर्वाचन, २० औं अध्यक्षमा ढकाल कि प्रधान ?

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन आज काठमाडौंमा सुरु भएको छ ।

महासंघको निर्वाचन कार्की ब्याङ्केट (माइतीघर), महासंघको कार्यालय (टेकु) र प्रज्ञा प्रतिष्ठान (कमलादी) गरी ३ ठाउँमा सुरु भएको छ ।

उद्योगी व्यवसायीहरुको निर्वाचन कोरोनाको कारणले पटक पटक सरेको थियो । आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।

मंसिर ११ देखि सुरु भएको ५४ औं वार्षिक साधारण सभा मंसिर १२ गते बन्द सत्र सकेर सकेर आज निर्वाचन सुरु भएको छ । निर्वाचनमा २ टीममा बाँडिएर देशभरका १२३ उद्योगी व्यवसायीले उम्मेदवारी दिएका छन् । १ हजार १ सय १६ जना मतदाता रहेका छन् ।आज सुरु भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू किशोर प्रधान र चन्द्र ढकाल चुनावी मैदानमा छन् ।

ढकालको टीमबाट गुणनीधि तिवारीले जिल्लारनगर, उमेशलाल श्रेष्ठले वस्तुगत र रामचन्द्र संघाईले एशोसिएट उपाध्यक्षतर्फ उम्मेदवारी दिएका छन् । अर्का प्रतिस्पर्धी प्रधानको टीमबाट दिनेश श्रेष्ठ जिल्लारनगर, अन्जान श्रेष्ठले वस्तुगत र सौरभ ज्योतीले एसोसिएटतर्फको उपाध्यक्षमा उम्मेदवारी हुन् ।

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वातः अध्यक्ष बन्ने प्रावाधान रहेको छ । आजको निर्वाचनमा विजय हुने वरिष्ठ उपाध्यक्ष अर्काे पटक स्वातः अध्यक्ष बन्ने छन् ।

प्रतिक्रिया