चिनियाँ रक्षामन्त्री भोलि नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर आइतबार काठमाडौं आउने भएका छन् । रक्षामन्त्री फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

परराष्ट्र मन्त्रालयले बिहान जारी गरेको विज्ञप्तिअनुसार नेपाल-चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री फेङ्हेको भ्रमण हुन लागेको र यसले आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा आउन लागेका रक्षामन्त्री फेङ्हेले चिनियाँ दूतावासद्वारा आयोजना हुने द्विदेशीय सहयोग–समन्वयको बृहत् कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा आउन लागेका रक्षामन्त्री फेङ्हेले चिनियाँ दूतावासद्वारा आयोजना हुने द्विदेशीय सहयोग-समन्वयको बृहत् कार्यक्रममा सहभागिता जनाउने भएका छन् । फेङ्हे आइतबार अपराह्न काठमाडौंबाट ढाकाका लागि प्रस्थान गर्नेछन् ।

भारतीय विदेश सचिब हर्षबर्धन श्रृंगलाको दुई दिने औपचारिक भ्रमण सम्पन्न भएको पर्सीपल्ट हुन लागेको चिनियाँ रक्षामन्त्री वेईको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । उनी भोलि नै नेपालबाट बंगलादेश जानेछन् भने त्यहाँबाट पाकिस्तान पुगेर चीन फर्किने छन् ।

प्रतिक्रिया