‘पूर्वराजा र राजावादीहरूले आफूलाई राष्ट्रवादी दावी नगरुन्’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा र राजावादीहरुले आफूलाई ‘राष्ट्रवादी’ भनेर दावी गर्न नमिल्ने बताएका छन् ।

अरु जेसुकै दावी गरे पनि उनीहरुले आफूलाई ‘राष्ट्रवादी’भने दावी गर्न नमिल्ने नेता भट्टराईको भनाइ छ । ‘पूर्वराजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफूलाई ‘राष्ट्रवादी’चैं नभनुन् !’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले आफ्नो आधिकारिक ट्वीटरमार्फत् उल्लेख गरेका छन् ।

यस्तै उनले राजावादीहरुको धर्मको राजनीति देशबाहिर कसले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको भन्ने कुराको नेपाली जनताले बुझिसकेको समेत बताएका छन् । उनले थप लेखेका छन्–‘उनको जस्तो राजनीति देशबाहिर कसले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानुन् । नेपालमा गणतन्त्रको जग हल्लिँदा आउने अस्थिरताले देशको भविष्य के हुन्छ सोचुन् ।’ उनले लेखेका छन् ।

यस्तै उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा भएकोसमेत बताएका छन् । उनले भनेका छन्, ‘यीमध्ये कुनै एक खुट्टा भाँचिदा पूरै खाट लड्छ । यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्मवादी, संघीयताविरोधीहरूले बेलैमा बुझुन् । चकचके बाँदरको कथामाझैं आफ्नै अण्डकोष नफोरुन् ।’

पछिल्लो समय राप्रपाले रत्नपार्कको नाम फेर्ने कामपाको निर्णय सच्याउनुपर्ने माग उठाउँदै आएको छ ।

नेता भट्टराई लेख्छन्ः–

प्रतिक्रिया