युरोपा लिग : टोटनह्याम र आर्सनल विजयी

काठमाडौं । युइएफए युरोपा लिग अन्तर्गत टोटनह्यामले जित हासिल गरेको छ । गएराती सम्पन्न समुह जे अन्तर्गत टोटनह्यामले लुडोगोरेट्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा कार्लोस भिनिसियसले दुई गोल गरेका थिए भने ह्यारी विंक्स र लुकास मउराले एक एक गोल गरेका थिए । यो जितपछि टोटनह्यामको ४ खेलमा ९ अंक भएको छ भने नकआउट चरणमा प्रवेश नजिक पुगेको छ ।यस्तै गएराती नै भएको समूह बि अन्तर्गतको खेलमा आर्सनल विजयी भएको छ । नर्वेको मोल्डे एफकेलाई ३-० ले पराजित गर्दै आर्सनल नकआउट चरणमा पुगेको हो ।

आर्सनललाई जित दिलाउन निकोलस पेपे, रेइस नेल्सन र फोलारिन बालोगनले एक–एक गोल गरे । यस जितसँगै समूह बीमा आर्सनलले अपराजित यात्रा कायम राखेको छ । आर्सनलले ४ खेलमा १२ अंक जोडेको छ । आर्सनल समूहको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया