‘पठान’ को छायाँकनमा व्यस्त रहेका शाहरुखको भिडियो भाइरल

एजेन्सी । बलिउडका स्टार अभिनेता शाहरुख खान अहिले आफ्नो चलचित्र ‘पठान’ लाई लिएर चर्चामा रहेका छन् । शाहरुखका फ्यानहरू लामो समयदेखि उनको नयाँ चलचित्रको पर्खाइमा थिए ।

उनले चलचित्र गर्न लागेका छन् ।  अहिले शाहरुख चलचित्र ‘पठान’को छायाँकनमा व्यस्त रहेका छन् । उनका फ्यानहरू उनको चलचित्रसँग सम्बन्धित सानातिना सुचनाहरु जान्न उत्साहित छन् ।

भारतिय सञ्चार माध्यमका अनुसार उनले आफ्नो आगामी चलचित्र ‘पठान’ को छायाँकन शुरू गरिसकेका छन् । यसैबीच उनी मुम्बईको गेटवे अफ इन्डियामा देखिएका थिए । यद्यपि उनले क्यामेराबाट आफूलाई जोगाउन धेरै कोशिस गरे । तर क्यामेराबाट जोगिन भने सकेनन् ।

यसै समयमा उनको फाेटाे र सोहि भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रतिक्रिया