वाणिज्य महासंघको साधारण सभालाई प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उद्धाटन गर्ने

काठमाडौं । आज (विहीबार) प्रधानमन्त्री केपीशर्मा ओलीले भर्चुअल माध्यमबाट नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको उद्घाटन गर्ने भएका छन् । महासंघको भोली बन्दसत्र र शनिबार निर्वाचन हुँदैछ ।

काेरोनाको कारणले पटक पटक सरेको महासंघको साधारण सभा आजबाट सुरु हुने भएको हो । निर्वाचन महासंघको केन्द्रीय कार्यालय टेकु, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र कार्की ब्यांकेट बबरमहलमा हुने छ ।

यो साधारणसभामा बरिष्ठ उपाध्यक्ष उमेद्वार चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानलनै बनाएर प्रतिस्पर्धामा छन् । ढकाल अहिले एशोसिएट उपाध्यक्ष छन् भने प्रधान जिल्लारनगर उपाध्यक्ष हुन् ।

ढकालको टीमबाट वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी छन् भने प्रधान प्यानलबाटको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ सारथीको रुपमा छन् । ढकाल र प्रधान समूहले आफ्नो जीतको दाबी गर्दै आएका छन् ।

 

प्रतिक्रिया